BIZMANDU
www.bizmandu.com

बस्तीमा राति बाढी पस्दा ५०० बढी घर डुबानमा, सप्तरीका दुई हजार परिवार प्रभावित

२०८३ असोज ११

बस्तीमा राति बाढी पस्दा ५०० बढी घर डुबानमा, सप्तरीका दुई हजार परिवार प्रभावित
बेनी स्थित म्याग्दी र कालीगण्डकीको दोभानमा बढेको बाढीको सतह म्याग्दी, १० असोज ९रासस० ः दुई दिनदेखिको लगातारको झरीपछि बेनीस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा शनिबार बिहानको बाढेको पानीको सतह । दुवै नदीमा पानीको सतह बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । तस्वीर ः सन्तोष गौतम, रासस


काठमाडौं । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेको छ। बाढीका कारण दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।

Vigo
GBIME
Tata

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका हुन्।

शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताउनुभयो ।

उनले भने,’बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ।’