BIZMANDU
www.bizmandu.com

बाढीपछि क्षति र आवश्यकता मूल्याङ्कन गर्न पीडीएनए प्रक्रिया अघि बढाइँदै, प्रस्ताव आह्वान

२०८३ असोज १०

बाढीपछि क्षति र आवश्यकता मूल्याङ्कन गर्न पीडीएनए प्रक्रिया अघि बढाइँदै, प्रस्ताव आह्वान
बाढीपछि क्षति र आवश्यकता मूल्याङ्कन गर्न पीडीएनए प्रक्रिया अघि बढाइँदै, प्रस्ताव आह्वान


काठमाडौं। सरकारले विपद्का कारण भएको क्षति, आर्थिक तथा सामाजिक प्रभाव र पुनर्निर्माणका लागि आवश्यकताको मूल्याङ्कन गर्न पोस्ट डिजास्टर निड्स एसेसमेन्ट (पीडीएनए) प्रक्रिया अघि बढाउने भएको छ।

Vigo
GBIME
Tata

राष्ट्रिय योजना आयोगले पीडीएनएका लागि इच्छुक विज्ञ तथा संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। आयोगका अनुसार पीडीएनएमार्फत विपद्पछि भएको क्षति तथा नोक्सानीको मूल्यांकन गर्दै पुनःस्थापना, पुनर्निर्माण तथा पुनरुत्थानका लागि आवश्यक स्रोत र प्राथमिकता पहिचान गरिनेछ।

यस प्रक्रियामा विपद्बाट प्रभावित विभिन्न क्षेत्र तथा संरचनामा भएको भौतिक क्षति, आर्थिक तथा सामाजिक प्रभाव र त्यसबाट सिर्जित आवश्यकताको अध्ययन गरिनेछ। प्राप्त विवरणका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक योजना र स्रोतको अनुमान तयार गर्न सहयोग पुग्ने आयोगको सूचनामा उल्लेख छ।

पीडीएनएका लागि सम्बन्धित विषयमा विज्ञता तथा अनुभव भएका संस्था वा विज्ञ समूहले प्रस्ताव पेस गर्नसक्ने व्यवस्था गरिएको छ।

प्रस्ताव पेस गर्ने प्रक्रिया तथा आवश्यक विवरण राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ। आयोगले पीडीएनएसम्बन्धी प्रस्ताव अनलाइनमार्फत पेस गर्न सकिने व्यवस्था गरेको छ।

पीडीएनएबाट प्राप्त हुने तथ्याङ्क तथा मूल्याङ्कनलाई विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट निर्माणमा आधारका रूपमा प्रयोग गर्न सकिने छ।