BIZMANDU
www.bizmandu.com

उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि ९ जना प्रतिस्पर्धामा, मन्त्रालयले बोलायो अन्तर्वार्तामा

२०८३ असोज ९

उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि ९ जना प्रतिस्पर्धामा, मन्त्रालयले बोलायो अन्तर्वार्तामा
उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि ९ जना प्रतिस्पर्धामा, मन्त्रालयले बोलायो अन्तर्वार्तामा

काठमाडौं। उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि ९ जनालाई अन्तर्वार्तामा बोलाइएको छ।

Vigo
GBIME
Tata

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगको महाप्रबन्धकका लागि भदौ १७ गते विज्ञापन गरेकामा निवेदन दिएका ९ जनालाई अन्तर्वार्तामा बोलाएको हो। मन्त्रालयले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि असोज १३ र १४ गतेको मिति तोकेको छ।

मन्त्रालयले दोलखाका मित्रमणि पोखरेल, कालिकोटका कमलबहादुर शाही, काठमाडौंका रुपक कुमार खड्का, चितवनका उमेश लामिछाने, काठमाडौं गोकर्णेश्वरका भोलानाथ शर्मा रेग्मी, उदयपुरका शैलेशकुमार थापा, अर्घाखाँचीका रामचन्द्र पाण्डे, भक्तपुरका सुरेशकुमार कार्की र गुल्मीका रामकृष्ण पन्थीलाई अन्तर्वार्ताका लागि बोलाएको हो।