BIZMANDU
www.bizmandu.com

ट्रस्ट इक्विटी भेन्चरको दोस्रो साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश प्रस्ताव पारित

२०८३ असोज ९

ट्रस्ट इक्विटी भेन्चरको दोस्रो साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रस्ट इक्विटी भेन्चरको दोस्रो साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश प्रस्ताव पारित


काठमाडौं। ट्रस्ट इक्विटी भेन्चर प्रालिको दोस्रो साधारण सभाले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीको शुक्रबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणका साथै लाभांश प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो।

कम्पनीले रियल इस्टेट, सेयर बजार र विभिन्न दीर्घकालीन परियोजनामा लगानी गर्दै आएको छ।

कम्पनीका अध्यक्ष विनोद कुमार शाहले सञ्चालनको दोस्रो वर्षमै १० प्रतिशत लाभांश वितरण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै आगामी वर्षमा लाभांश दर बढाउने प्रतिबद्धता जनाए।

कम्पनीका सञ्चालक टेकराज रेग्मीले भविष्यमा आफ्नै हायर पर्चेज र हाइड्रोपावर कम्पनी खोल्ने योजना सुनाए भने प्रबन्ध सञ्चालक नारायण प्रसाद मुडभरीले आगामी योजनाबारे जानकारी गराएका थिए।

कम्पनीले भोटेकोशी बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ जम्मा गर्ने भएको छ।