BIZMANDU
www.bizmandu.com

दीपेन्द्रले खुलाए ‘बाउन्ड्री’ नहान्नुको रहस्य, कुशलले भने- बलिङभन्दा ब्याटिङ नै ‘इन्जोए’ गर्छु

२०८३ असोज ९

दीपेन्द्रले खुलाए ‘बाउन्ड्री’ नहान्नुको रहस्य,  कुशलले भने- बलिङभन्दा ब्याटिङ नै ‘इन्जोए’ गर्छु
दीपेन्द्रले खुलाए ‘बाउन्ड्री’ नहान्नुको रहस्य, कुशलले भने- बलिङभन्दा ब्याटिङ नै ‘इन्जोए’ गर्छु


काठमाडौं। अघिल्लो एसियन गेम्समा नेपाली क्रिकेटको ‘इन्ट्री’ दमदार थियो। चीनको हाङचाउमा सम्पन्न एसिया कपमा नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै कीर्तिमान बनाएको थियो।

Vigo
GBIME
Tata

यसपाला जापानमा जारी एसियन गेम्समा पनि नेपालको ‘इन्ट्री’ कम रोचक रहेन। बलियो ठानिएको अफगानिस्तानलाई पहिलो खेलमै हराउँदै नेपालले क्वाटरफाइलको सम्भावनालाई प्रबल बनाएको छ।

अघिल्लो संस्करणको एसियन गेम्समा चर्चामा रहेका दीपेन्द्रसिंह ऐरीदेखि कुशल मल्लसम्म यसपाला पनि छन्। ऐरीले अघिल्लो संस्करणमा ९ बलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। कुशल मल्लको पनि लय शतकमा देखिएको थियो।

यसपाला ऐरी राष्ट्रिय टोलीको कप्तान छन्। उनले अफगानिस्तानले दिएको योगदान पछ्याउने क्रममा १८ बलमा १५ रन बनाए। त्यसमा पनि एउटै बाउन्ड्री बाहेक। अन्तिम रन चाहिएको बेला जब उनले बाउन्ड्री प्रयास गरे, क्याचआउट हुँदै पभेलियन फर्किए।

‘कसरी आफ्नो टोलीलाई जिताउने भन्ने थियो। बलिङ गर्दा पनि घुमिरहेको थियो। लो पनि बसिरहेको थियो। मैले आफै फिनिस गर्ने सोचिरहेको थिएँ। सिंगल डबल गरेर। जति मैले खेलेँ, त्यति पछाडि सजिलो हुन्छ भनेर खेलेँ,’ खेलपछि ऐरीले भने।

उनले टस निकै महत्त्वपूर्ण भन्दै आफूले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने तरखरमा रहेको खेलपछि सुनाए।

‘यो विकेट हेर्दै हामीले स्पिनरहरूले राम्रो गर्न सक्छ भनेर सोचेका थियौँ। ललित र कुशलले एकदमै राम्रो गरे। त्यसले गर्दा टिमलाई बुस्ट मिल्यो। हामीलाई चेज गर्न सहज भयो। यहाँका म्याच हेरिरहेका थियौँ। विकेटमा बाउन्स छ,’ ऐरीले भने।

नेपालले आजको खेल खेलिरहँदा जापानी टोली पनि स्टेडियममा आएर खेल हेरिरहेको थियो। समूह ‘ए’मा अफगानिस्तान २ खेल खेल्दा जापानलाई हराएर नेपालसँग पराजित हुँदे २ अंक बनाएर शीर्षमा छ।

एक खेल खेल्दा जित निकालेको नेपालको पनि समान २ अंक छ। अब तेस्रो स्थानमा जापान अंकविहीन छ।

शनिबार नेपाललाई हराएर २ अंक खोस्ने प्रयास जापानको रहनेछ भने नेपाल जापानलाई हराएर समूह विजेता बन्दै क्वाटरफाइनला पुग्ने लक्ष्यमा हुनेछ। क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ समूह विजेता बने।

‘यो जित निकै महत्त्वपूर्ण छ। भोलि जिते क्वाटरफाइनलमा श्रीलंकासँग पर्न सक्छौँ,’ ऐरीले भने, ‘यहाँको स्पीनिरमैत्री विकेट छ, त्यही अनुसारले तयारी गर्छौँ।’

आजको खेलमा महत्त्वपूर्ण प्रदर्शन गर्ने अर्का खेलाडी थिए कुशल भुर्तेल। ओपनिङ ब्याटर भुर्तेल ब्याटिङमा डकआउट भए पनि बलिङमा चाहिँ प्रभावशाली रहे। बलिङमा ४ विकेट लिएका उनी बलर कि ब्याटर?

‘जता गए पनि क्रेज पाउँछौँ अझ खुशी लाग्छ। जता योगदान गर्दा पनि खुशी लाग्छ। आज बलबाट भयो, अर्को दिन ब्याटबाट होला,’ भुर्तेलले भने, ‘म क्रिकेटमा इन्जोए गर्छु। फास्ट बलर हुँदा पनि मज्जा लाग्थ्यो। अहिले स्पिन बलिङ गरिरहेको छु। धेरै इन्जोए ब्याटिङमै गर्छु।’

नेपालले शनिबार जापानविरुद्ध खेल्नेछ।