BIZMANDU
www.bizmandu.com

अफगानिस्तानलाई हराउँदै एसियन गेम्समा नेपालको बलियो सुरुवात, क्वाटरफाइनलको सम्भावना कस्तो?

२०८३ असोज ९

अफगानिस्तानलाई हराउँदै एसियन गेम्समा नेपालको बलियो सुरुवात, क्वाटरफाइनलको सम्भावना कस्तो?
अफगानिस्तानलाई हराउँदै एसियन गेम्समा नेपालको बलियो सुरुवात, क्वाटरफाइनलको सम्भावना कस्तो?


काठमाडौं। नेपाली क्रिकेट टोलीले अफगानिस्तानलाई हराएको छ। जापानमा जारी एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा अफगानिस्तानमाथि नेपालले ५ विकेटको जित निकालेको हो। योसँगै नेपाल क्वाटरफाइनल नजिक पुगेको छ।

Vigo
GBIME
Tata

टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानलाई कुशल भुर्तेल र ललितनारायण राजवंशीले घातक बलिङ गर्दै १०२ रनमा रोके। अफगानिस्तान ७ विकेट गुमाएर १०२ रनमा समेटिने क्रममा भुर्तेलले ४ विकेट र राजवंशीले ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। दोस्रो बलमै ओपनर भुर्तेल डकआउट हुँदा अर्का ओपनर आशिफ पनि २ रनमै पभलियन फर्किएका थिए।

नेपालको इनिङ्स उकास्न सन्दीप जोराले ३४ रनको महत्त्वपूर्ण योगदान दिँदा रोहितकुमार पौडैलले २८ रन जोडे। ऐरी १५ रन बनाएर आउट भए।

बलिङमा अफगानिस्तानका फरिदोन दाउदजाइ र अबदोल्ला अहमदजाइले समान १ विकेट लिए।

त्यसअघि, कोरोगी एथ्लेटिक पार्कमा अफगानिस्तानका कप्तान अब्दुल रसुलले टस जितेर ब्याटिङ रोज्दा नेपालले पहिला फिल्डिङ गरेको थियो।

प्रभावशाली सुरुवात गर्ने क्रममा ललित राजवंशीले सुरुवाती तीन विकेट लिए। उनले हसन इजाखिल, मोहम्मद अक्रम र करिम जनतलाई दोहोरो अंकको रन बनाउन नदिँदै पभेलियन फर्काए।

त्यसपछि विकेट लिने जिम्मेवारी कुशल भुर्तेलले लिए। उनले फैजल खान, मोहम्मद इशाक, डार्विस रसुली र नजिबुल्लाह जार्डनको विकेट लिए।

खान र जार्डनले सर्वाधिक ३०/३० रन बनाए। योसँगै भुर्तेलले सानदार पुनरागमन गर्न सफल भएका हुन्।

यसअघि नेपालले एसीसी प्रिमियर कप खेल्दा उनी टोलीबाहिर थिए। उनी नेपाल ‘ए’बाट टप एण्ड क्रिकेट खेल्न अस्ट्रेलिया पुगेका थिए।

एसियन गेम्समा अन्य खेलको प्रदर्शन निराशाजनक रहँदा क्रिकेटबाट आशा गरिएको छ। हालसम्म नेपालले बक्सिङबाट एक

नेपालले अब अर्को खेलमा जापानसँग शनिबार भिड्नेछ। नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको खण्ड श्रीलंकासँग र उपविजेता बन्दै क्वाटरफाइनल पुगे भारतसँग प्रतिस्पर्धा गर्नेछ।