BIZMANDU
www.bizmandu.com

त्रिभुवन राजपथमा गाडीका लागि नयाँ नियम, इन्धन र ग्यासवाहेक १५ टनभन्दा बढीका चलाउन रोक

२०८३ असोज ९

त्रिभुवन राजपथमा गाडीका लागि नयाँ नियम, इन्धन र ग्यासवाहेक १५ टनभन्दा बढीका चलाउन रोक
त्रिभुवन राजपथमा गाडीका लागि नयाँ नियम, इन्धन र ग्यासवाहेक १५ टनभन्दा बढीका चलाउन रोक

काठमाडौं। जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा इन्धन र ग्यास बोकेकावाहेक १० चक्केभन्दा लामा र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारी साधन चल्न रोक लगाएको छ।

Vigo
GBIME
Tata

कार्यालयले भर्खरै सूचना जारी गर्दै रोक लगाएको हो। कार्यालयका अनुसार ११ मिटरसम्म लम्बाईं भएका यात्रुवाहक सवारी साधन मात्रै चल्न पाउनेछन्। कार्यालयले त्रिभुवन राजपथ प्रयोग गरेर काठमाडौं जाने सवारी साधनका लागि(चौकीटोलबाट) विहान १० बजेदेखि २ बजेसम्म चल्न पाउने नियम लगाएको छ।

शनिबार त्यहीँबाट विहान ४ बजेदेखि विहान ८ बजेसम्म र राती १० बजेदेखि आइतबार विहान २ बजेसम्म मात्रै जाने समय तय गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार काठमाडौंबाट हेटौडातर्फ आउने सवारी साधनका लागि सिमभञ्ज्याङ चौकीबाट शुक्रबार साँझ ७ बजेदेखि राती ११ बजेसम्म, शनिबार दिउँसो १ बजेदेखि ५ बजेसम्म र आइतबार विहान ७ बजेदेखि विहान ११ बजेसम्म मात्रै चल्न दिइनेछ।