काठमाडौं। नेपाली क्रिकेट टोलीले १०३ रनको लक्ष्य पाएको छ। जापानमा जारी एसियन गेम्सअन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानबाट १ सय ३ रनको लक्ष्य पाएको हो।
कोरोगी एथ्लेटिक पार्कमा अफगानिस्तानका कप्तान अब्दुल रसुलले टस जितेर ब्याटिङ रोज्दा नेपालले पहिला फिल्डिङ गरेको थियो। नेपालका लागि ललित राजवंशी र कुशल भुर्तेलले प्रभावशाली प्रदर्शन गर्दै अफगानिस्तानलाई निर्धारित ओभरमा ७ विकेट लिँदै १०२ रनमै रोके।
प्रभावशाली सुरुवात गर्ने क्रममा ललित राजवंशीले सुरुवाती तीन विकेट लिए। उनले हसन इजाखिल, मोहम्मद अक्रम र करिम जनतलाई दोहोरो अंकको रन बनाउन नदिँदै पभेलियन फर्काए।
त्यसपछि विकेट लिने जिम्मेवारी कुशल भुर्तेलले लिए। उनले फैजल खान, मोहम्मद इशाक, डार्विस रसुली र नजिबुल्लाह जार्डनको विकेट लिए।
खान र जार्डनले सर्वाधिक ३०/३० रन बनाए। योसँगै भुर्तेलले सानदार पुनरागमन गर्न सफल भएका हुन्।
यसअघि नेपालले एसीसी प्रिमियर कप खेल्दा उनी टोलीबाहिर थिए। उनी नेपाल ‘ए’बाट टप एण्ड क्रिकेट खेल्न अस्ट्रेलिया पुगेका थिए।
एसियन गेम्समा अन्य खेलको प्रदर्शन निराशाजनक रहँदा क्रिकेटबाट आशा गरिएको छ। हालसम्म नेपालले बक्सिङबाट एक काश्यपदक जित्दा महिला कबड्डीले पदक सुरक्षित गरिसकेको छ।
नेपाल जवाफी ब्याटिङमा उत्रिँदैछ।
अफगानिस्तान विरुद्ध यस्तो छ नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, लोकेश बम, सन्दीप जोरा, ललित राजवंशी, करण केसी, सन्दीप लामिछाने