BIZMANDU
www.bizmandu.com

खराब मौसम र कम भिजिविलिटीका कारण आन्तरिक उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र

२०८३ असोज ९

खराब मौसम र कम भिजिविलिटीका कारण आन्तरिक उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र
खराब मौसम र कम भिजिविलिटीका कारण आन्तरिक उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र

काठमाडौं। खराब मौसम र न्यून भिजिविलिटीका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्। मौसममा आएको बदलीसँगै भिजिविलिटी कम हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न सकस परेको छ।

Vigo
GBIME
Tata

भिजिविलिटी नपुगेका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलमा बिहानैदेखि कुनै पनि उडान हुन सकेको छैन। ती विमानस्थलमा उडान तथा अवतरण पूर्ण रूपमा ठप्प भएको हो।

मौसममा सुधार नआएसम्म र तोकिएको आवश्यक भिजिविलिटी कायम नभएसम्म उडान हुने छैन।

उडान हुन नसक्दा सयौं यात्रु विमानस्थलमै रोकिनुपरेको छ। उडानका लागि बिहानै एयरपोर्ट पुगेका यात्रहरू रोकिएका हुन्।