BIZMANDU
www.bizmandu.com

बाढीपहिरोको जोखिममा रहेका सडकहरूको अवस्थाबारे विभागले बढायो निगरानी

२०८३ असोज ९

बाढीपहिरोको जोखिममा रहेका सडकहरूको अवस्थाबारे विभागले बढायो निगरानी
बाढीपहिरोको जोखिममा रहेका सडकहरूको अवस्थाबारे विभागले बढायो निगरानी


काठमाडौं। लगातारको वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ।

Vigo
GBIME
Tata

सडक विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडकको नदीतर्फ रहेको ग्याबियन संरचनाको केही भाग तल झरेको छ। हाल संचालनमा रहेको सडकको माथिल्लो भागको स्लोपमा भने कुनै समस्या देखिएको छैन।

सडक विभागको परियोजना टोलीले अवस्थाको निरन्तर निगरानी गरिरहेको छ। वर्षाका कारण थप जोखिम हुन सक्ने भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात संचालनमा रोक लगाएको छ।

कान्ति राजमार्गमा भने मुख्य सडकमा ठूलो समस्या देखिएको छैन। तर, वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात संचालनमा भने रोक लगाएको छ।

त्रिभुवन राजपथमा भने हालसम्म कुनै समस्या देखिएको छैन। उक्त राजमार्गमा यातायात संचालन भइरहेको सडक विभागले जनाएको छ।

बीपी राजमार्गको हालै निर्माण सुरु भएको खण्डमा बनाइएको डाइभर्सनमा केही समस्या आएको छ। अन्य स्थानमा हालसम्म उल्लेखनीय समस्या देखिएको छैन। यद्यपि, स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात संचालनमा रोक लगाएको छ।

लगातारको वर्षालाई ध्यानमा राख्दै सडक विभागले सडक सञ्जालको नजिकबाट निगरानी गरिरहेको छ। जोखिम देखिएका स्थानमा आवश्यक कदम चालिने विभागले जनाएको छ।