BIZMANDU
www.bizmandu.com

लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध

२०८३ असोज ९

लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध
तस्बिर : रासस।


हेटौँडा। लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ।

Vigo
GBIME
Tata

कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न ३ स्थानमा पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए।

यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह सामान्य रहेको उनले जानकारी दिए। रासस