काठमाडौं। प्रहरीले एक अर्ब भन्दा बढी रकम हुण्डीमार्फत कारोबार गरको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले बिहीबार अपराह्न धरान उपमहानगर ५ खैरेनीबाट १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ हुण्डीमार्फत कारोबार ज्योति शाहीलाई पक्राउ गरेको हो।
शाहीमाथि विभिन्न असम्बन्धित व्यक्तिले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यममार्फत स्वदेशमा स-साना भाग बनाई कनेक्ट आइपीएस लगायत अन्य विद्युतीय डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिको खातामा हुण्डीको माध्यमबाट कारोबार गरेको आरोप छ।
प्रहरीका अनुसार धरान-१३ का शाहीले शाही मनि ट्रान्सफर समेतको नामबाट कृषि विकास बैंक, तत्कालीन सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक लगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेको देखिएको छ।
शाही मनि ट्रान्सफर २०६८ भदौ १६ मा घरेलु तथा साना उद्योग कार्यालय इटहरी सुनसरीमा दर्ता गराएको देखिएको प्रहरीले बताएको छ।