BIZMANDU
www.bizmandu.com

कांग्रेसले ६३० स्थानीय तहमा छान्यो नयाँ नेतृत्व, मौसमका कारण क्षेत्रीय अधिवेशनमा लचकता

२०८३ असोज ८

कांग्रेसले ६३० स्थानीय तहमा छान्यो नयाँ नेतृत्व, मौसमका कारण क्षेत्रीय अधिवेशनमा लचकता
कांग्रेसले ६३० स्थानीय तहमा छान्यो नयाँ नेतृत्व, मौसमका कारण क्षेत्रीय अधिवेशनमा लचकता

काठमाडौं। नेपाली कांग्रेसले ६३० स्थानीय तहमा गाउँ नगर अधिवेशन सम्पन्न गरेको छ। कांग्रेसले ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न गरेको हो।

Vigo
GBIME
Tata

कतिपय पालिकामा भने वर्षाका कारण अधिवेशन हुन नसकेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसले असोज १० गतेका लागि तय प्रदेश सभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम आ-आफ्नो क्षेत्रको मौसमको अवस्था हेरेर गर्न भनेको छ।

मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी १३ गतेभित्र गरिसक्न निर्देशन दिइएको छ। कांग्रेसले असोज १६ देखि १९ सम्म काठमाडौंमा १५औं महाधिवेशन गर्दैछ।