काठमाडौं। जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार विहान ५ बजेसम्म नारायणगढ-मुग्लिन सडकमा सवारी चल्न रोक लगाएको छ।
चितवन र आसपास क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाएको कार्यालयले जनाएको छ।
‘चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। आगामी केही दिन भारी वर्षा हुने प्रक्षेपण समेत भइरहेकाले बाढीपहिरो जोखिम हेरेर सवारी आवागमनमा रोक लगाइएको हो,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।