काठमाडौं। कृषि सामग्री कम्पनीले रासायनिक मल खरिदका लागि टेण्डर आह्वान गरेको छ। कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि बिहीबार टेण्डर आह्वान गरेको हो।
इच्छुक कम्पनीलाई बोलपत्र पेस गर्न कात्तिक ९ गतेसम्मको समय दिइएको छ। कम्पनीले हिउँदे बालीका लागि मल खरिद गर्न टेण्डर आह्वान गरेको हो।