BIZMANDU
www.bizmandu.com

पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फिर्ता, ओलीको प्रस्तावमा एमालेको वरिष्ठ नेता

२०८३ असोज ८

पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फिर्ता, ओलीको प्रस्तावमा एमालेको वरिष्ठ नेता
पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फिर्ता, ओलीको प्रस्तावमा एमालेको वरिष्ठ नेता

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रुपमा दलीय राजनीतिमा फर्किने भएकी छ्न्। उनी एमालेको वरिष्ठ नेता बन्ने भएकी हुन्।

Vigo
GBIME
Tata

वरिष्ठ नेता बनाउन पार्टीको जारी केन्द्रीय कमिटीमा प्रस्ताव आएको हो। सहभागी नेताका अनुसार उनलाई वरिष्ठ नेताका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका हुन्।

बैठकबाट अनुमोदन गरेर भण्डारीलाई वरिष्ठ नेता बनाउने तयारी भएको हो।

सुरुमा सदस्यता नै निलम्बन गरिदिएका ओलीले नै नवीकरण गर्ने निर्णय गरेका थिए। भण्डारी राष्ट्रपति भएपछि राजनीतिबाट बिदा भएकोमा वरिष्ठ नेता भएसँगै उनको दलीय राजनीतिमा पुनरागमन पक्का भएको हो।