BIZMANDU
www.bizmandu.com

रास्वपाका महामन्त्री विपिनलाई कर्मचारी सरुवा बढुवाको चर्को दबाब, बोर्ड गठन गर्न माग

२०८३ असोज ८

रास्वपाका महामन्त्री विपिनलाई कर्मचारी सरुवा बढुवाको चर्को दबाब, बोर्ड गठन गर्न माग
रास्वपाका महामन्त्री विपिनलाई कर्मचारी सरुवा बढुवाको चर्को दबाब, बोर्ड गठन गर्न माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले कर्मचारी सरुवा बढुवाका लागि बोर्ड गठनको माग गरेका छन्। उनले रास्वपाको वाचापत्र अनुसार बोर्ड गठन गर्न माग गरेका हुन्।

Vigo
GBIME
Tata

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विपिनले सरुवा बढुवाका लागि आफूलाई दबाब आइरहेको बताए।

‘अरु बेला सुशासन र पारदर्शिताका कुरा गर्ने मेरो आफ्नै नातागोता र साथीभाइहरू पनि मेरो घरमा नातावाद र कृपावाद खोज्दै सरुवा, बढुवाका लागि आउनुहुन्छ। मैले सबैजनालाई हाम्रो सरकारमा सरुवा-बढुवामा विधि र पद्धतिबाहेक अरु केही पनि हुँदैन भन्छु र चल्दैन भनेर भन्ने गरेको छु,’ उनले भने।

उनले सरुवा बढुवाको दबाबले दसैंमा समेत अप्ठेरो हुने स्थिति आएको बताए। ‘आउने दसैंमा आफ्नै इष्टमित्रले टिका र आशीर्वाद नदेलान् भन्ने पिर छ,’ उनले भने।