काठमाडौं। मुक्तिनाथ विकास बैंकले निर्माण उपकरण बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहजरुपमा कर्जा उपलब्ध गराउने भएको छ।
यस सम्बन्धमा बैंक र नेपालका लागि बुल मेसिनको आधिकारिक वितरक अटोवेज प्रालिबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल वा इन्भ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ।
ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीति अनुसार डिलरको इन्भ्वाइस मूल्यको ८० प्रतिशतसम्म र न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।