काठमाडौं। सानिमा मिडल तमोर हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीले २०८२/०८३ सम्मको मुनाफाबाट सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
हाइड्रोपावरले असोज १७ गते बुक क्लोज तोकेको छ। बुक क्लोज अघि कायम सेयरधनीले कम्पनीको प्रतिफल पाउनेछन्।
कम्पनीको अहिले चुक्ता पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ छ।