BIZMANDU
www.bizmandu.com

सिटिजन्स सुपर ५० लाई सार्वजनिक निष्कासनको अनुमति, १ अर्ब बराबरको इकाई बिक्री गर्ने

२०८३ असोज ७

सिटिजन्स सुपर ५० लाई सार्वजनिक निष्कासनको अनुमति, १ अर्ब बराबरको इकाई बिक्री गर्ने
सिटिजन्स सुपर ५० लाई सार्वजनिक निष्कासनको अनुमति, १ अर्ब बराबरको इकाई बिक्री गर्ने

काठमाडौं। सिटिजन्स सुपर ५० म्युचुअल फण्डले सार्वजनिक निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले म्युचुअल फण्डको इकाई निष्कासनका लागि स्वीकृत दिएको छ।

Vigo
GBIME
Tata

सिटिजन्स सुपर ५० ले अंकित मूल्य प्रति इकाई १० रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्न स्वीकृति पाएको हो।

सिटिजन्स सुपर ५० बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष हो। इकाई बिक्री गरेर नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन्।