BIZMANDU
www.bizmandu.com

अग्नि मोटोइन्कको ‘बिगस कन्टेन्ट क्रिएटर च्यालेन्ज’मा ऋतिका विजेता, पाइन् २.३३ लाखको स्कुटर

२०८३ असोज ७

अग्नि मोटोइन्कको ‘बिगस कन्टेन्ट क्रिएटर च्यालेन्ज’मा ऋतिका विजेता, पाइन् २.३३ लाखको स्कुटर
अग्नि मोटोइन्कको ‘बिगस कन्टेन्ट क्रिएटर च्यालेन्ज’मा ऋतिका विजेता, पाइन् २.३३ लाखको स्कुटर

काठमाडौं। अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले सञ्चालन गरेको ‘बिगस कन्टेन्ट क्रिएटर च्यालेन्ज’ प्रतियोगितामा ऋतिका खत्रीले स्कुटर जितेकी छन्।

Vigo
GBIME
Tata

नाइमा मोबिलिटी एक्स्पोका दौरान गत साउन २७ देखि भदौ १ सम्म सञ्चालित प्रतियोगितामा आफ्नो बुबाका लागि स्कुटर जितेर खुसी पार्ने चाहना व्यक्त गर्दै तयार पारिएको भावनात्मक रिल्सका माध्यमबाट दर्शकको मन जितेर ऋतिका विजेता बनेकी हुन्।

कम्पनीले आफ्नो शोरुममा एक कार्यक्रम गरी ऋतिकालाई स्कुटर हस्तान्तरण गरेको छ। ऋतिकालाई २ लाख ३३ हजार १०० रुपैयाँ मूल्यको बिगस सी१२आईईएक्स स्कुटर प्रदान गरिएको हो।