काठमाडौं। सेयर बजारमा ३६.२५ अंकको पहिरो गएको छ। नेप्से सूचक बुधबार प्रि-ओपनिङमा १५ अंकले बढेकामा पछि लगातार घटेर २६१८.०३ अंकमा आइपुगेको छ।
बैंक, वित्त, लघुवित्त, जलविद्युत, बीमा लगायत १३ वटै उपसमूहले नेप्से घटाएका हुन्। जीवन बीमाको सूचक सबैभन्दा धेरै २.०४ प्रतिशतले ओरालो लागेको छ।
२४३ कम्पनीका लगानीकर्ताको सम्पत्ति घटेको छ। सबैभन्दा धेरै गुमाउनेमा फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले ओरालो लागेको छ।
२३ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। धेरै कमाउनेमा धौलागिरि लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।