BIZMANDU
www.bizmandu.com

जारी एसियन गेम्समा नेपालले जित्यो पहिलो पदक, तेन्जिङ शेर्पाले हात पारे कास्य

२०८३ असोज ७

जारी एसियन गेम्समा नेपालले जित्यो पहिलो पदक, तेन्जिङ शेर्पाले हात पारे कास्य
जारी एसियन गेम्समा नेपालले जित्यो पहिलो पदक, तेन्जिङ शेर्पाले हात पारे कास्य


काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करातेको पुरुष ८४ केजीमाथिको प्रतिस्पर्धामा शेर्पाले कास्य पदक जितेका हुन्।

Vigo
GBIME
Tata

आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा तेन्जिङ शेर्पाले लाओसका भत्थाना जायासानलाई ९-१ ले पराजित गरे।

यसबाहेक अन्य खेलमा भने नेपालको प्रतिस्पर्धा उत्साहजनक छैन। एकपछि अर्को खेलमा कमजोर चुनौती प्रस्तुत गर्दा अब महिला कबड्डी, क्रिकेट लगायत सीमित खेलबाट मात्रै पदकको आशा छ।

आजै बक्सिङको ६० केजी तौल समूहको प्रारम्भिक चरणमा नेपालका खगेन्द्र रोका मगरले एल्भिन जोनलाई हराउँदै सुखद सुरुवात गरेका थिए। महिला कबड्डी टोलीले पनि थाइल्याण्डलाई हराएको थियो। महिला भलिबलमा पनि एउटा खेलमा जित निकालेको थियो।

करातेकी एरिका गुरुङ पनि पदकको नजिक पुगेर पराजित भएकी थिइन् भने राकेश मानन्धर र मीनबहादुर तामाङ पनि पदकको नजिक पुगेर पराजित भएका थिए। क्रिकेटमा नेपालले शुक्रबार अफगानिस्तान र शनिबार जापानसँग भिड्नेछ।