काठमाडौं। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको खड्गो तत्कालका लागि टरेको छ।
सर्वोच्च अदालतले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि दीर्घायुको खड्गो तत्कालका लागि टरेको हो।
न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित जवाफ मागेको छ। यसका लागि १५ दिनको समय दिइएको छ। हितेन्द्रको माग अनुसार आदेश दिने/नदिने विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्न उपयुक्त हुने सर्वोच्चको निष्कर्ष छ। यो प्रयोजनका लागि असोज १६ गते पेसी तोकिएको छ।
सरकारले गत वैशाख तेस्रो साता ल्याएको अध्यादेशका कारण हितेन्द्र पदमुक्त भएका थिए। उनको स्थानमा सरकारले असोज २ गते दीर्घायुलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। दीर्घायुले बुधबार पदबहाली गरेका छन्।