BIZMANDU
www.bizmandu.com

अण्डाको मूल्य पुनः बढ्यो : एक्सएलको प्रति क्रेट ६१५ रुपैयाँ, अन्यलाई कति पर्छ?

२०८३ असोज ७

अण्डाको मूल्य पुनः बढ्यो : एक्सएलको प्रति क्रेट ६१५ रुपैयाँ, अन्यलाई कति पर्छ?
अण्डाको मूल्य पुनः बढ्यो : एक्सएलको प्रति क्रेट ६१५ रुपैयाँ, अन्यलाई कति पर्छ?

काठमाडौं। अण्डाको मूल्य पुनः महँगिएको छ। बजारमा बुधबार लागू हुने गरी एक्सएल र ठूलो अण्डाको मूल्य बढेको हो।

Vigo
GBIME
Tata

नेपाल लेयर्स कुखुरापालक संघले एक्सएल अण्डा क्रेटमा १५ रुपैयाँ र ठूलो अण्डा क्रेटमा १० रुपैयाँ बढेको जनाएको छ।

संघका अनुसार एक्सएल अण्डा क्रेटको ६१५ रुपैयाँ पुगेको छ। त्यस्तै, ठूलो अण्डा प्रति क्रेट ६०० रुपैयाँ तोकिएको छ।

यसअघि, एक्सएल अण्डा क्रेटको ६०० रुपैयाँ र ठूलो अण्डा प्रति क्रेट ५९० रुपैयाँ थियो।

संघले मिडियम र सानो अण्डाको मूल्य भने बढाएको छैन। पछिल्लो समय बर्डफ्लुका कारण उत्पादन कम भएको भन्दै संघले अण्डाको भाउ बढाइरहेको छ।