BIZMANDU
www.bizmandu.com

कार्यवाहक प्रधानमन्त्री पाएकै भोलिपल्ट वाग्लेले भेटे राष्ट्रपति, समसामयिक विषयमा छलफल

२०८३ असोज ७

कार्यवाहक प्रधानमन्त्री पाएकै भोलिपल्ट वाग्लेले भेटे राष्ट्रपति, समसामयिक विषयमा छलफल
कार्यवाहक प्रधानमन्त्री पाएकै भोलिपल्ट वाग्लेले भेटे राष्ट्रपति, समसामयिक विषयमा छलफल


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ। बुधबार विहान राष्ट्रपति कार्यालयमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

Vigo
GBIME
Tata

‘सम्माननीय राष्ट्रपतिज्यूसँग आज विहान भएको भेटमा भोटेकोशी बाढीबाट विस्थापित भएकाहरुको पुनर्स्थापना, पूर्वाधार निर्माण लगायतका विषयमा छलफल भएको छ,’ स्रोतले भन्यो।

स्रोतका अनुसार राष्ट्रपति पौडेलले भारी वर्षाले पार्ने जोखिमको पूर्वतयारी लगायत विषयमा जिज्ञासा राखेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएपछि वाग्ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

कार्यवाहकको जिम्मेवारी पाउनेबित्तिकै वाग्ले राष्ट्रपति पौडेललाई भेट्न गएका हुन्। प्रधानमन्त्री शाह भने राष्ट्रपति पौडेललाई भेट्न जाने गरेका छैनन्। कप्तानगंजमा भएको धार्मिक दंगामा समेत राष्ट्रपति पौडेलले बोलाएपछि मात्रै शाह भेट्न पुगेका थिए।