काठमाडौं। कुमारी बैंकले असोज २८ गतेका लागि साधारण सभा बोलाएको छ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २.१० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने प्रयोजनका लागि २६औं वार्षिक साधारण सभा बोलाएको हो।
बैंकले साधारण सभा प्रयोजनका लागि १९ गते बुक क्लोज मिति तोकेको छ।