काठमाडौं। रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँको स्रोत सहमति दिएको छ।
कृषिमन्त्री गीता चौधरीको सचिवालयले आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको जनाएको छ।
अर्थबाट स्रोत सहमति प्राप्त भएसँगै मल खरिदका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।