BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, बिदाइका नाममा मन्त्री र सचिवको लस्कर लगाउने परम्परा तोडे

२०८३ असोज ६

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, बिदाइका नाममा मन्त्री र सचिवको लस्कर लगाउने परम्परा तोडे
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, बिदाइका नाममा मन्त्री र सचिवको लस्कर लगाउने परम्परा तोडे


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका प्रस्थान गरेका छन्। उनी राष्ट्र संघको ८१औं महासभामा भाग लिन मंगलबार राति कतार एयरवेजको जहाजमा अमेरिका प्रस्थान गरेका हुन्।

Vigo
GBIME
Tata

अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा बिदाइ कार्यक्रम भएन। यसअघि प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा बिदाइका लागि विमानस्थलमा मन्त्री, संवैधानिक निकायका पदाधिकारी र सचिवहरुको लस्कर लगाउने गरिएकामा यसपालि त्यो दृश्य देखिएन।

बालेन सवार गाडी सिधै विमानस्थलमा पुगेको थियो। उनी गाडीबाट ओर्लिएलगत्तै जहाजमा चढेका थिए।

विमानस्थलमा बिदाइ र सेनाले सलामी दिने कार्यक्रम नै नभएको बिजमाण्डू संवाददाता प्रवीण रानाभाटले जनाएका छन्।यद्यपि गृहमन्त्री सुधन गुरुङ र पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल भने विमानस्थल पुगेका थिए।

बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने तालिका छ। उनी १० गते स्वदेश फर्किनेछन्।

राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नै अमेरिका गइसकेका छन्। महासभामा बालेनको नेतृत्वमा १४ सदस्यीय नेपाली टोलीले भाग लिनेछ।

बालेन अमेरिका गएका कारण उनको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।