काठमाडौं। सभामुख डीपी अर्यालले सांसदहरुलाई बैठक कक्षमा मर्यादित हुन निर्देशन दिएका छन्।
उनले मंगलबार प्रतिनिधि सभाको बैठकको अन्तिममा सभालाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका हुन्।
‘हरेक दिनको सभालाई बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो। दायित्व हो। सबै सदस्यहरूको पहलबाटै प्रतिनिधि सभा नियमावली २०८० लागू गरेको हो,’ उनले भने, ‘यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। म सबै माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि नियम २० को खण्ड ‘ट’प्रति यहाँहरूको ध्यानाकर्षण गराउँदछु।’
नियमावलीको नियम २० को ‘ट’ मा ‘बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने’ उल्लेख छ।