काठमाडौं। सांसदहरूले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु न्याय, हिमाल संरक्षण र विपद् व्यवस्थापनको विषय उठाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुले प्रधानमन्त्रीले विपद् प्रभावितको पुनर्स्थापनामा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने बताए।
रास्वपाकी सांसद सुष्मा स्वर्णकारले प्रधानमन्त्रीको भ्रमण फलदायी र उपलब्धिमूलक हुने अपेक्षा गर्दै नेपालको हिमालको आवाज उठाउन सुझाव दिइन्।
नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले राष्ट्र संघको महासभामा सम्बोधन गर्दा जलवायु परिवर्तनको असरबाट उत्पन्न पीडा विश्वसामु प्रमाणसहित राख्न सुझाव दिइन्।
एमाले सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीको भ्रमणमा अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्याय, हिमाल संरक्षण, विकासको आधारलगायत विषय प्रस्तुत गर्नुपर्ने बताइन्।