BIZMANDU
www.bizmandu.com

बुटवलमा पनि खुल्यो जीडब्लुएमको शोरुम, ओरा ५ र हाभल जोलियन म्याक्स इभी सार्वजनिक

२०८३ असोज ६

बुटवलमा पनि खुल्यो जीडब्लुएमको शोरुम, ओरा ५ र हाभल जोलियन म्याक्स इभी सार्वजनिक
बुटवलमा पनि खुल्यो जीडब्लुएमको शोरुम, ओरा ५ र हाभल जोलियन म्याक्स इभी सार्वजनिक


काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लुएम) का विद्युतीय सवारीसाधनको बिक्री तथा सेवा विस्तार गर्ने क्रममा बुटवलको कालिकानगरमा नयाँ शोरुम संचालनमा आएको छ।

Vigo
GBIME
Tata

भीजी इम्पेक्स प्रालि अन्तर्गत जीडब्लुएमका अधिकृत क्षेत्रीय साझेदार सहर्ष इन्टरप्राइजेसले संचालनमा ल्याएको शोरुमको उद्घाटनसँगै ओरा ५ र हाभल जोलियन म्याक्स इभी पनि बुटवल बजारमा सार्वजनिक गरिएको हो।

नयाँ शोरुमबाट बिक्रीसँगै सर्भिस तथा स्पेयर पार्ट्सको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। बुटवल तथा लुम्बिनी प्रदेशमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई लक्षित गर्दै शोरुम विस्तार गरिएको कम्पनीको भनाइ छ।

जीडब्लुएम ओरा ५ मा एनइडीसी अनुसार ५२० किलोमिटरसम्मको रेन्ज, ५-स्टार एनक्याप तथा युरो एनक्याप रक्षा रेटिङ, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० भन्दा बढी लेभल २ एडीएएस फिचर रहेको कम्पनीले जनाएको छ। यसको मूल्य ४८ लाख ४९ हजार रुपैयाँबाट सुरु हुन्छ।

त्यस्तै, हाभल जोलियन म्याक्स इभी मा ५८.३ किलोवाट प्रति घण्टा ब्याट्री, डब्लुएलटी अनुसार ४०० किलोमिटरभन्दा बढी रेन्ज, १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च टचस्क्रिन र V2L सुविधा रहेको छ। यसकोअफर मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँतोकिएको छ।

Saharsa Enterprises का अध्यक्षKehar Singh Khadka ले बुटवल तथा लुम्बिनी प्रदेशका ग्राहकलाई बिक्रीसँगै भरपर्दो सर्भिस र स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको बताए।

General Manager–Sales and Operation Adhir Kumar Shrestha ले ORA 5 र HAVAL Jolion MAX EV मार्फत बुटवल तथा आसपासका ग्राहकलाई आधुनिक विद्युतीय मोबिलिटीको विकल्प उपलब्ध गराइएको बताए।

दुवै मोडलका लागिबुकिङ तथा टेस्ट ड्राइभ खुलागरिएको छ। ग्राहकले कालिकानगरस्थित शोरुममा पुगेर सवारीसाधनबारे जानकारी तथा टेस्ट ड्राइभ लिन सक्नेछन्।