काठमाडौं। कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षा बेञ्च राखेको छ।
बैंकले सर्वसाधारणको सहजताका लागि कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा ५ वटा यात्रु प्रतीक्षा बेञ्च राखेको हो।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माले यात्रु प्रतिक्षा बेञ्चका कारण सर्वसाधारणलाई विश्राम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए।