काठमाडौं । बबरमहलस्थि नेपाल आर्ट काउन्सिलमा अहिले ‘डाइटिज अफ नेपाल’ प्रदर्शनी चलिहेको छ। यो ‘डाइटिज अफ नेपाल’ को तेस्रो संस्करण हो।
काउन्सिलमा नेपालका देवी देवता, हस्तकला, मूर्तिकला, चित्रकला र परम्परागत सांस्कृतिक कलाकौशल प्रदर्शनीमा देख्न सकिन्छ।
असोज २४ गतेसम्म संचालन हुने यो प्रदर्शनीमा विभिन्न कलाकारहरुले बनाएका सामाग्री राखिएको छ। यहाँ ८ लाख रुपैयाँसम्म पर्ने कलाकृति रहेका छन्।




















