BIZMANDU
www.bizmandu.com

५ प्रतिशत भन्दाबढी सेयर बिक्री गर्न आधारभूत सेयरधनीले १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने

२०८३ असोज ६

५ प्रतिशत भन्दाबढी सेयर बिक्री गर्न आधारभूत सेयरधनीले १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने
५ प्रतिशत भन्दाबढी सेयर बिक्री गर्न आधारभूत सेयरधनीले १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने


काठमाडौं। आइपीओ निष्कासन गरेर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीका सेयरधनीले सेयर बिक्री गर्न चाहेमा १५ दिन अघि नै सूचना सार्वजनिक गर्नुपर्ने भएको छ।

Vigo
GBIME
Tata

नेपाल धिताेपत्र बाेर्डले मंगलबार नेप्सेमा सूचीकृत कम्पनीहरुलाई निर्देशन जारी गर्दै आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्न चाहे १५ दिन अघि नै कम्पनीलाई जानकारी गराएर नेप्सेमार्फत सार्वजनिक गर्न भनेकाे हाे।

‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएका कम्पनीहरूको उक्त कम्पनीका कुनै आधारभूत सेयरधनीहरूले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सो भन्दाबढी सेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको सेयर बिक्री गर्नुभन्दा पन्ध्र दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराई सो सूचना (सूचनाको वैधता तीन महिना अवधि कायम रहनेछ) नेप्से मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने,’ सेबाेनले सूचीकृत कम्पनीलाई भनेकाे छ।

सेबाेनले सूचीकृत संगठित संस्थाहरुलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम खरिद बिक्री गर्न गराउन वा हस्तान्त्रण गर्न वा लेनदेन गर्न वा लेनदेन गर्न नसकिने धितोपत्र सम्बन्धमा नियम ३९ को उपनियम (२) बमोजिम केन्द्रिय निक्षेप संस्थामा आवश्यक व्यवस्था गर्न भनेकाे छ।