BIZMANDU
www.bizmandu.com

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १५.७८९ प्रतिशत प्रतिफल दिने

२०८३ असोज ६

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १५.७८९ प्रतिशत प्रतिफल दिने
मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १५.७८९ प्रतिशत प्रतिफल दिने


काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को खुद मुनाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

Vigo
GBIME
Tata

कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बोनस सेयर १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको हुनेछ भने नगदमा ६७ लाख ९४ हजार ६८४ रुपैयाँ वितरण गरिनेछ।

हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ छ। उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी पाँचौ वार्षिक साधारण सभाबाट अनुमोदन हुनुपर्छ। भएपछि सेयरधनीलाई वितरण गरिने जनाइएको छ।

कम्पनीले सोलुखुम्बुको सल्लेरीमा ९.५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।