काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन्।
अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औं महासभाका क्रममा भएको भेटवार्तामा नेपाल र ईयूबीच साझेदारीका विभिन्न पक्षमा छलफल भएको थियो।
भेटमा रिबेराले भाेटेकाेशी बाढीपछि नेपालको परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गरेकी थिइन्। नेपालमा भाद्र १० गते भएको बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो।
त्यस अवसरमा नेपाल र ईयूबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता व्यक्त भएको थियो।