BIZMANDU
www.bizmandu.com

राष्ट्रिय सभाबाट संक्रामक पशु रोग (नियन्त्रण) र प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित

२०८३ असोज ५

राष्ट्रिय सभाबाट संक्रामक पशु रोग (नियन्त्रण) र प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
राष्ट्रिय सभाको बैठकमा विधेयक पारितका लागि प्रस्ताव गर्ने क्रममा कृषिमन्त्री गीता चौधरी


काठमाडौं। संक्रामक पशु रोग (नियन्त्रण) विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ।

Vigo
GBIME
Tata

राष्ट्रिय सभाको सोमबारको बैठकले विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो। यो विधेयक सरकारले गत साउन १४ गते संसद्‍मा दर्ता गरेको थियो। विधेयक पारित गर्न कृषिमन्त्री गीता चौधरीले प्रस्ताव गरेकी थिइन्।

संक्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरण संरक्षण गर्ने उद्देश्यसहित सरकारले विधेयक ल्याएको हो। यो विधेयक अब प्रतिनिधि सभामा जानेछ।

प्रतिनिधि सभाको सोमबारको बैठकले राष्ट्रिय सेवा दल विधेयक पारित गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।