काठमाडौं। जेनजी आन्दोलनमा खरानी बनाइएको एक वर्षपछि काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरस्टोर पुनः संचालनमा आएको छ।

भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले आन्दोलनमा क्रममा आगजनी गरेर क्षतविक्षत पारिएको स्टोर पुनर्निर्माण गरी सोमबारबाट पुन: सञ्चालनमा ल्याएका हुन्।

आगजनीले ध्वस्त पारिएका आफ्ना १२ स्टोरमध्ये पुन: स्टोर सञ्चालनमा आएको भाटभटेनीको यो १०औं स्टोर हो।

दमक र हेटौंडाका स्टोर पनि छिट्टै संचालनमा ल्याउने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए।

भाटभटेनीले कोटेश्वरस्थित स्टोर पाँच महिनामै पुनर्निर्माण गरेर पुन: सञ्चालनमा ल्याएको थियो।

