काठमाडौं। बढ्न थालेको सुनको मूल्य सोमबार घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक हजार ३ सय रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।
साताको पहिलो दिन सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। सोमबार कारोबार मूल्य प्रति तोला ४ हजार ८ सय ५ रुपैयाँमा आइपुगेको छ।आइतबार तोलाको ४ हजार ७ सय ९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ४३५१.८१ डलर र चाँदी ६६.०४ डलरले कारोबार भइरहेको छ।