BIZMANDU
www.bizmandu.com

ब्रोकर कम्पनीको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या, सेयर बजार सोमबार नखुल्ने

२०८३ असोज ५

ब्रोकर कम्पनीको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या, सेयर बजार सोमबार नखुल्ने
ब्रोकर कम्पनीको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या, सेयर बजार सोमबार नखुल्ने

काठमाडौं। ब्रोकर कम्पनीको सर्भर राखिएको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान नभएपछि नेपाल स्टक एक्सचेन्जले सोमबारको कारोबार स्थगित गरेको छ।

Vigo
GBIME
Tata

नेप्सेले स्टक ब्रोकर एसोसिएसन अफ नेपालको निवेदनका आधारमा सोमबारको कारोबार स्थगित गरेको हो। ७२ वटा ब्रोकर कम्पनीको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा आइतबार बिहानबाट समस्या आएकामा अझै समाधान हुन सकेको छैन।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले प्राविधिक समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएको भन्दै सोमबारको कारोबार स्थगित गर्न निवेदन दिएको थियो।