BIZMANDU
www.bizmandu.com

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानका लागि आयोजनाले पायो स्वीकृति

२०८३ असोज ५

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानका लागि आयोजनाले पायो स्वीकृति
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानका लागि आयोजनाले पायो स्वीकृति


दमौली (तनहुँ)। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ।

Vigo
GBIME
Tata

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत जिल्लामा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्ने स्वीकृति प्रदान गरेको हो। यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ।

प्रसारण लाइन क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा छ/छ वटा सामुदायिक वन छन्। चितवनतर्फ भने रुख कटानको काम जारी रहेको आयोजना प्रमुख भण्डारीले बताए।

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज-३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले हालसम्म ८३ वटा टावरको जग हाल्ने तथा ७८ वटा टावर जडान गर्ने कार्य सम्पन्न गरेको छ।

आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज-३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ। रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ।

आयोजनाको तीन प्याकेजमा काम भइरहेको छ। प्याकेज एक बाँध लगायतका संरचना निर्माणका लागि सोङ्दा कालिका जेभीमार्फत् काम भइरहेको छ। यो प्याकेजमा ६३ प्रतिशत प्रगति छ।

आयोजनाको प्याकेज २ विद्युतगृह तथा सम्बन्धित उपकरणहरूमा सिनो हाइड्रो कर्पोरेसनले चीनले काम गरिरहेको छ। यो प्याकेजमा ७९ प्रतिशत प्रगति छ। आयोजनाको समग्र प्रगति भने ७८ प्रतिशत रहेको जनाइएको छ। रासस