काठमाडौं। खेल मिलेमतो तथा ठगी अभियोगमा पक्राउ परेका अखिल नेपाल फुटवल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई अनुसन्धानका लागि अदालतले चार दिन म्याद थप गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को पत्राचारका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जोशी र पाण्डेलाई पक्राउ गरेको थियो।
जिल्ला अदालत ललितपुरबाट म्याद थपसँगै प्रहरीले खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।