BIZMANDU
www.bizmandu.com

कांग्रेसले दुई दिनमा ७३ जिल्लाका ६१३२ वडामा गर्‍यो अधिवेशन, देउवाको गाउँमा पनि सम्पन्न

२०८३ असोज ४

कांग्रेसले दुई दिनमा ७३ जिल्लाका ६१३२ वडामा गर्‍यो अधिवेशन, देउवाको गाउँमा पनि सम्पन्न
कांग्रेसले दुई दिनमा ७३ जिल्लाका ६१३२ वडामा गर्‍यो अधिवेशन, देउवाको गाउँमा पनि सम्पन्न


काठमाडौं। नेपाली कांग्रेसले दुई दिनमा ७३ जिल्लाका ६१३२ वडामा अधिवेशन गरेको छ।

Vigo
GBIME
Tata

कांग्रेसले १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन असोज ३ र ४ गतेका लागि तोकेकामा ७३ जिल्लामा सम्पन्न भएको हो। अधिवेशनबाट वडा कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

पूर्वसभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। देउवाले वडा अधिवेशनमा भाग नलिन अपिल गरेका थिए। देउवा समूहले असोजको सट्टा मंसिरमा महाधिवेशनको मिति तोकेको छ।

निर्वाचन समितिका अनुसार सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा पर्ने वडामा अधिवेशन हुन बाँकी छ। ती वडामा सोमबार अधिवेशन हुने समितिले जनाएको छ।

भोटेकोशी बाढीले प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने अधिवेशनको मिति तोकिएको छैन। कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।