काठमाडौं । आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले वृद्धि भएको छ। आइतबारको लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले वृद्धि भएर प्रति तोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदी पनि तोलामा २५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ७९५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा ४ हजार ७७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रति औंस ४३७७.९१ डलर छ। चाँदीको बजार भाउ प्रति औंस ६६.२५ डलर छ।