BIZMANDU
www.bizmandu.com

रियादमा हुथीको जवाफी आक्रमण, साउदीले भन्यो : प्रहारलाई विफल बनायौं

२०८३ असोज ४

रियादमा हुथीको जवाफी आक्रमण, साउदीले भन्यो : प्रहारलाई विफल बनायौं
रियादमा हुथीको जवाफी आक्रमण, साउदीले भन्यो : प्रहारलाई विफल बनायौं


साउदी अरबको राजधानी रियादमा आक्रमण गरेको हुथी विद्रोहीले दाबी गरेको छ।

Vigo
GBIME
Tata

हुथी विद्रोहीहरूले रियादका संवेदनशील क्षेत्रसँगै रेड सीको तटमा रहेको तेल र ग्यास पूर्वाधारहरुमासमेत आक्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

रियादमा ब्यालिस्टिक सँगै क्रुज मिसाइल र ड्रोन प्रयोग गरेर आक्रमण गरिएको भनिएको छ।

रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको इन्धन डिपोमा धुवाँ र आगो देखिएको थियो। त्यसपछि उडानहरू केही समयका लागि प्रभावित भएको जनाइएको छ।

साउदीले भने रियादसँगै भएका अन्य आक्रमणहरुलाई आफ्ना वायु रक्षा प्रणालीले विफल पारेको दाबी गरेको छ।   अमेरिकी विदेश मन्त्रालयले पनि खाडीमा रहेका नागरिकहरुलाई यात्रामा हुन सक्ने जोखिमबारे चेतावनी जारी गरेको छ।

हुथीमाथि गरिएको हवाइ आक्रमणको जवाफमा साउदीमा आक्रमण गरिएको जनाइएको छ।