BIZMANDU
www.bizmandu.com

शनिबार नेपालको आकाशमा प्रवेश गर्नै लाग्दा किन दिल्ली फर्काइयो एयर इन्डियाको विमान?

२०८३ असोज ४

शनिबार नेपालको आकाशमा प्रवेश गर्नै लाग्दा किन दिल्ली फर्काइयो एयर इन्डियाको विमान?
शनिबार नेपालको आकाशमा प्रवेश गर्नै लाग्दा किन दिल्ली फर्काइयो एयर इन्डियाको विमान?


काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंका लागि उडान भरेको एयर इन्डियाको ए–३२० विमानमा प्राविधिक समस्या देखिएपछि शनिबार नयाँ दिल्ली नै फर्किएको छ।

Vigo
GBIME
Tata

भारतीय समय अनुसार शनिबार दिउँसो २ः४२ बजे दिल्लीबाट उडेको विमान नेपाली समय अनुसार दिउँसो ४ः३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो।

भारतीय संचार माध्यम एएनआईका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले विमान नेपाली आकाशमा प्रवेश गर्नै लाग्दा लखनउ माथिको आकाशबाट डाइभर्ट भएको थियो।

‘विमान नेपाली आकाशमा प्रवेश गर्नै लागेको थियो। तर प्राविधिक समस्या आएको खबर गरेपछि लखनउ माथिको आकाशबाटै फर्काइएको हो,’ ती अधिकारीले भनेका छन्।

एयर इन्डियाले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर्स पालना गर्दै विमानलाई दिल्ली फर्काइएको जनाएको छ।

‘सेप्टेम्बर १९ मा दिल्लीबाट काठमाडौंका लागि उडान भरेको एआई२१९ का चालक दलका सदस्यहरुले शंकास्पद प्राविधिक समस्याका कारण स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर्स अनुसार विमानलाई दिल्ली फर्काएका हुन्। उडान दिल्लीमा सुरक्षित अवतरण भएको छ र सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल ओर्लिएका छन्,’ एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एयरलाइन्सले विमानमा कति यात्रु थिए भन्ने विवरण सार्वजनिक गरेको छैन। तर, पछि अर्को वैकल्पिक विमानको व्यवस्था गरी यात्रुहरूलाई काठमाडौं पठाइएको जानकारी कम्पनीले दिएको छ।

यस डाइभर्टको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने कुनै औपचारिक विज्ञप्ति जारी नगरेको भारतीय मिडियाहरुमा उल्लेख छ।