BIZMANDU
www.bizmandu.com

माइक्रोड्रामाको उचालिएको बजार, एआई र सुपर कम्प्युटरले गायब बनाउँदै ‘क्यामराम्यान’

२०८३ असोज ३

माइक्रोड्रामाको उचालिएको बजार, एआई र सुपर कम्प्युटरले गायब बनाउँदै ‘क्यामराम्यान’
माइक्रोड्रामाको उचालिएको बजार, एआई र सुपर कम्प्युटरले गायब बनाउँदै ‘क्यामराम्यान’


छेन्दु (चीन)। तपाइँले चलाउने टिकटक वा रिल्समा चिनियाँ ड्रामा कत्तिको याद गर्नुभएको छ? चिनियाँ-हलिउड संस्कृति मिश्रित सक्कली वा हिन्दी डबिङ भएका यस्ता ड्रामा पक्कै हेर्नुभएको हुनुपर्छ।

Vigo
GBIME
Tata

मोबाइल स्क्रिनमा सिरिज झैं देखिने त्यस्ता ‘माइक्रोड्रामा’को बजार चीनमा मात्रै १५ अर्ब अमेरिकी डलरमाथि पुगिसकेको छ। चीनको हलमा चल्ने परम्परागत सिनेमाको कमाइलाई यसले पर छोड्दैछ।

एउटा सामान्य लाइभ-एक्सन माइक्रोड्रामा बनाउन ३० हजारदेखि ७० हजार अमेरिकी डलर खर्च हुन्छ। तर, ती माइक्रोड्रामा हिट भए पनि फिल्मको आम्दानीलाई उछिन्न पछि पर्दैनन्। फिल्म अनलक गर्न मोबाइल प्रयोगकर्ताले तिर्ने रकमले हप्तामै लाखौं डलरको आम्दानी हुनसक्छ।

सन् २०२६ को पहिलो ८ महिनामा चीनमा ४ लाख ३० हजार भन्दा धेरै नयाँ माइक्रोड्रामाका शृंखला रिलिज भए। सन् २०२५ को सोही अवधिको तुलनामा १३ गुणा बढी हो। यीमध्ये ९० प्रतिशत माइक्रोड्रामा एआईले तयार परेको थियो। सुटिङ सेट, क्रु र कलाकारको खर्च यसले शून्यमा झारेको छ। जसका कारण मनोरञ्जनको अर्थतन्त्रलाई अझ नाफामूलक बनाएको छ।

मनोरञ्जनको यस्तै उद्योगले चीनमा ठूलो संख्यामा रोजगारी सिर्जना गरिरहेको छ अहिले। यसैबाट चिनियाँ संस्कृति, इतिहास र पौराणिक कथा विभिन्न भाषामा डब हुँदै विश्वभर फैलिँदै छन्। यो स्टोरी सञ्चारको नयाँ संस्कृतिका रुपमा उभिँदै गरेको माइक्रोड्रामा इन्ड्रस्टीमा आधारित छ, जसको नेतृत्व अहिले चीनले लिँदैछ। विश्वविद्यालयका प्राध्यापकहरू फिल्म तथा माइक्रोड्रामाको क्रान्तिलाई व्यापारमा मात्र सीमित नराखी प्राज्ञिक र प्राविधिक जग बसाउन तल्लीन छन्।

दर्शकको प्रतिक्रियामा आधारित सामग्री उत्पादन विश्वविद्यालयका अनुसन्धानकर्ताले खोजी गरिरहेका हुन्छ। सोसल मिडिया र छोटा भिडियो चल्ने एप्लिकेसनमा दर्शकले दिने प्रतिक्रियाको अध्ययन गर्न विद्यार्थीहरूलाई जिम्मा दिइन्छ।

तस्बिर : चाइना डेली

+++

‘हाम्रो टिमका यी साथीहरू अन्तिम पुस्ताका क्यामरापर्सन हुनसक्छन्।’

ठट्यौली पारामा आफ्नो टीमलाई चिनाउँदैछन् गु लिन। उनीसँगै क्यामरा म्यान, ओभरहेड माइक तेर्स्याउने र गिम्बलमा क्यामरा लिएर अगाडि पछाडि गर्ने समूह आफ्नो काममा लागिरहेकै छ।

एआईले सिनेमा क्षेत्रमा तरङ्ग मच्चाउन थालिरहँदा आफ्ना टिमलाई सम्भावित अन्तिम पुस्तका क्यामरा पर्सन भनेर बताइरहने गु लिन आफैं भने मानिस र प्रविधिको सहकार्यबारे गफिन तयार छन्। 

सिचुवान युनिभर्सिटी अफ मिडिया एन्ड कम्युनिकेसनका प्राध्यापक लिन स्क्रिनराइटर र निर्देशक पनि हुन्। छेन्दुको वेस्ट एरियामा छ सिचुवन युनिभर्सिटी अफ मिडिया एन्ड कम्युनिकेसन। कलेजको भित्रै छ भीमकाय स्टुडियोहरू। सबैभन्दा ठूलो स्टुडियोमा सेट बनाउनेहरू तल्लिन थिए। सेनाको बेस देखाउने सेट तयार हुँदै थियो त्यहाँ।

मैले देखेको यो सबैभन्दा ठूलो सेट हो। दशरथ रंगशालाको खेल मैदान पूरै ढाक्ने जत्रै ‘इन्डोर स्टुडियो’! विश्वविद्यालय र फिल्म उद्योगको गजबको सहकार्य यहाँ देख्‍न सकिने रहेछ। छेन्दु फिल्म एन्ड टेलिभिजन भ्यालीभित्र रहेको त्यो ठूलो सेटलाई ‘भिजन वान’ भनिँदो रहेछ। भिजन वान एसियाकै ठूलो एकल स्टुडियो समेत हो।

यही विश्वविद्यालयले न्युयोर्क फिल्म एकेडेमीसँगको सहकार्यमा अध्यापनदेखि फिल्म उत्पादनसम्म गर्दै आएको छ। त्यही टिममा रहेर काम गरिरहेका प्राध्यापक लिनले फिल्म उद्योगमा बदलिएको दृश्य हामीलाई बुझाउन प्रयास गरेका थिए।

‘सुपर कम्प्युटरले नै अब क्यमराको काम गर्ने भएको छ,’ लिनले भने, ‘प्रि प्रडक्सन, पोस्ट प्रडक्सनको बीचमा हुने फ्लोरमा जाने काम अब प्रम्प्ट लेखनतिर गएको छ।’

सिनेमा प्लटहरू जोड्दै कथा बुन्ने तरिका अब मोबाइलमा त्यो पनि भर्टिकल। छोटोछोटो अविधिमै ट्रान्जिट हुनुपर्ने वाध्यता। अनि मोबाइलमा हत्त न पत्त ‘स्वाप’ गर्ने अधैर्यी अडियन्स। ती सबैलाई सम्बोधन गर्न सहज छैन। त्यही असहजताकै बीच चीनको माइक्रोड्रामाले नयाँ उचाई लिइरहेको छ।

यिनै परिवेशलाई लिएर मैले निर्देशक समेत रहेका प्राध्यापक लिनलाई प्रश्न गरेँ – ठूलो पर्दमा मानिसहरू फिल्म हेर्थे। त्यसपछि ओटीटी प्लेटफर्म आयो। अब फेरि माइक्रोड्रामा। त्यो पनि एआई। कसरी भेद छुट्याउने त?

मेरो प्रश्न झर्न नपाइ प्राध्यापक लिन जवाफका लागि तयार भए।

‘सबैको आफ्नै बजार छ। सिनेमा हलको मजा मानिसले ओटीटीमा पाउन्नन्। ओटीटीको मजा माइक्रो ड्रामामा हुन्न,’ उनले सहज रुपमा सुनाए, ‘अनि माइक्रो ड्रामाको मजा न हलमा हुन्छ न ओटीटीमा।’

विद्यार्थीहरूले पनि शुल्क तिरेर क्यामरादेखिका सबै इक्युपमेन्ट लैजान सक्छन्। हाइइन्ड क्यामरा, लाइटिङ र सुपर कम्प्युटरले माइक्रोड्रामाका लागि आधार खडा गरिदिएको छ।

+++

छेन्दुको अल्ट्रा-हाई डेफिनेसन इनोभेसन एप्लिकेसन इन्डस्ट्रियल बेसमा छ फिल्म पढाउने युनिभर्सिटी। यहाँ पढाइमात्र छैन, सिंगो उद्योगका लागि चाहिने पूर्वधारदेखि प्रविधिसम्म सबै छ। फिल्मको प्रोजेक्ट छ भने साधनको कुनै अभाव छैन। विद्यार्थीहरूले पनि शुल्क तिरेर क्यामरादेखिका सबै इक्युपमेन्ट लैजान सक्छन्। हाइइन्ड क्यामरा, लाइटिङ र सुपर कम्प्युटरले माइक्रोड्रामाका लागि आधार खडा गरिदिएको छ।

‘क्यामराको प्रयोग सक्कली ठाउँहरूको भिडियो क्याप्चर गर्नका लागि हुन्छ,’ प्राध्यापक लिनले भने, ‘त्यही ठाउँमा रहने पात्र भने एआई प्रम्प्टबाट तयार गर्न सकिन्छ। जति धेरै डिटेलिङ त्यति धेरै राम्रो दृश्य।’

भ्युअर फिडब्याक-ड्रिभन कन्टेन्ट क्रियसन अर्थात् दर्शकको प्रतिक्रियामा आधारित सामग्री उत्पादन। यसमाथि विश्वविद्यालयका अनुसन्धानकर्ताले खोजी गरिरहेका हुन्छ। सोसल मिडिया र छोटा भिडियो चल्ने एप्लिकेसनमा दर्शकले दिने प्रतिक्रियाको अध्ययन गर्न विद्यार्थीहरूलाई जिम्मा दिइन्छ।

‘फिल्मको स्क्रिप्टका कतिपय ठाउँ अब प्रम्प्टले लिइसकेको छ,’ छेन्दु इन्टरनेसनल कम्युनिकेसन सेन्टरका निर्देशक लि डिङले भने। उनका अनुसार एआई प्रयोग गरेर फिल्म बनाउँदा पनि कल्पनशीलताको विकास भइरहेको हुन्छ।

दर्शकले कुन सेकेन्डमा स्क्रिन स्वाइप गर्छन् र कुन दृश्यमा पैसा तिर्नका लागि प्रेरित हुन्छन् पहिचान गरिन्छ। ‘सस्पेन्स’ र ‘इमोसनल हुक’ त्यसैका आधारमा निर्क्यौल हुन्छ। लामो कथा वा फिल्ममा गरिने न्यारेसन अब केही सेकेन्डमै समेटिनुपर्ने हुन्छ। ट्रान्स मिडिया न्यारेटिभ ट्रान्सफर्मेसन भनिन्छ यस्तो प्रक्रियालाई। 

अब भने एआई टुल्स र सुपर कम्प्युटरबाट कामहुन्छ। वर्क स्टेसनमा रहेर फिल्मको फ्लोर र पोस्ट प्रोडक्सन दुवै चल्न थाल्छ।  ‘फिल्मको स्क्रिप्टका कतिपय ठाउँ अब प्रम्प्टले लिइसकेको छ,’ छेन्दु इन्टरनेसनल कम्युनिकेसन सेन्टरका निर्देशक लि डिङले भने। उनका अनुसार एआई प्रयोग गरेर फिल्म बनाउँदा पनि कल्पनशीलताको विकास भइरहेको हुन्छ।

मिनीड्रामा जस्ता एआईजीसी अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स जेनेरेटेड कन्टेन्ट उत्पादनमा स्क्रिप्टसँगै प्रम्प्ट सच्याउँदै फिल्म बनाइन्छ। निर्देशकलाई चित्त नबुझुन्जेल प्रम्प्टमा करेक्सन चलिरहन्छ।

माइक्रोड्रामा सन् २०३० सम्म २६ अर्ब डलरभन्दा माथिको कारोबार हुने आकलन छ। अहिले १५ अर्ब डलर बजार रहेको माइक्रोड्रामामा प्रयोग हुनेमध्ये चिनियाँ एप्स र कम्पनीको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। यसले पनि बदलिँदै फिल्मको बदलिँदो व्यवसायलाई बुझाउँछ। 

अमेरिकासँगको सहकार्यमा सिचुवानको फिल्म अध्यापन र उत्पादन गर्ने ठाउँमा गजबको म्युजियम पनि छ। त्यो म्युजियममा फिल्म, रेडियो र टेलिभिजनका उपलब्ध सबै प्रविधि हेर्न सकिन्छ।

+++

मैले देखेको ठूलो फिल्म स्टुडियो भनेको हैदरावादमा रहेको रामुजी फिल्म स्टुडियो नै हो। बाहुबली फिल्मको सेट रामुजीमा अहिले पनि आकर्षणको केन्द्रमा छ। त्यो विशाल र भव्य पनि छ। छेन्दुको फिल्म स्टुडियो र प्रविधि भारतको भन्दा फरक शैलीको छ। चीनमा स्टार्टअप फिल्म उत्पादकहरू असंख्या छन्। त्यसले विस्तार गरेको बजार पनि अकल्पनीय छ।

अमेरिकासँगको सहकार्यमा सिचुवानको फिल्म अध्यापन र उत्पादन गर्ने ठाउँमा गजबको म्युजियम पनि छ। त्यो म्युजियममा फिल्म, रेडियो र टेलिभिजनका उपलब्ध सबै प्रविधि हेर्न सकिन्छ। टेलिभिजन र क्यासेट प्लेयरको त टावर नै तयार पारिएको छ विश्वविद्यालयभित्रको म्युजियममा। त्यसले पनि ध्यान खिच्ने भइहाल्यो।

एकातिर विद्यार्थी उत्पादन, अर्कोतिर फिल्म उत्पादनलाई सक्दो प्राथमिकता। त्यसका लागि फरकखाले कोलोनीकै व्यवस्था। फिल्म एन्ड इन्ड्रस्टियल पार्कका रुपमा स्टार्ट-अपलाई सक्दो भूमिका दिनेगरी तयार पारिएको संरचनाले पनि माइक्रोड्रामालाई एकाएक माथि पुर्‍याएको छ। ‘यसखाले कोलोनी सबै सरकारले नै तयार पारिदिएको हो। पूर्वधार र बिग डेटा सहितको यो पूर्वाधारमा फिल्म कम्पनीहरूलाई काम गर्न डाकिन्छ,’ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी अफ चाइनाका प्राध्यापक चाङ युन भन्छिन्, ‘त्यहाँ धेरैजसो युवा स्टार्टअपहरू जोडिएका छन्।’

कोभिड-१९ पछि मानिसहरू घरमा थुनिँदा भिडियो बनाउने र उपभोग गर्ने प्रवृत्ति बढे पनि व्यावसायिक प्रयास भने सुरुमै असफल भएको थियो। हलिउडमा २०२० मा एप्लिकेसन क्विबीमा १० मिनेटभन्दा छोटा भिडियो बनाउन थालिएको थियो। पौने दुई अर्ब डलर छोटा शृंखला बनाउन लगानी गरे पनि छ महिनामा नै त्यो कारोबार डुब्न पुग्यो।

हलिउडको ठीक विपरीत बाटोमा चीन हिँड्यो। करोडौं डलर खर्च गर्नुका साटो एक-दुई मिनेटको कौतुहलता सहितको मोडल अपनायो चीनले। क्लिफह्याङ्गर मोडलमै आधारित भएर सन् २०२३ देखि रिलसर्ट र ड्रामाबक्स जस्ता एपबाट पश्चिमा मुलुकमा चीनले ड्रामा निर्यात गर्न थाल्यो। सन् २०२६ मा आइपुग्दा यो अर्बौं डलर कमाउने व्यवसायका रुपमा स्थापित बनिसकेको छ।

चीनको माइक्रोड्रामा बजार २०२५ मा १०० अर्ब युआन अर्थात् करिब १५ अर्ब डलर नाघेको थियो। विदेशमा पनि विस्तार तीव्र छ, २०२५ को पहिलो आठ महिनामै चिनियाँ माइक्रोड्रामाको अन्तर्राष्ट्रिय आम्दानी १.५ अर्ब डलर पुगेको थियो।  

माइक्रोड्रामाको वास्तविक क्रान्ति यसको कथा भन्ने शैलीमा मात्र होइन, उत्पादनको अर्थशास्त्रमै देखिन्छ। एआईको प्रयोगले स्क्रिप्ट, पात्र, दृश्य, डबिङदेखि सम्पादनसम्मका धेरै चरण छोट्याएपछि उत्पादन समय र लागत दुवै घटिरहेका छन्। २०२६ को पहिलो त्रैमासिकमा चीनमा सार्वजनिक भएका १ लाख २८ हजार माइक्रोड्रामामध्ये ९५ प्रतिशतभन्दा बढी पूर्णतः एआईबाट बनेका थिए। एआई प्रयोगसँगै केही उत्पादनको समय १५–३० दिनबाट पाँच दिनभन्दा कममा झरेको र लागत पुरानो स्तरको करिब पाँच भागमा आएको उद्योगसम्बन्धी रिपोर्टले उल्लेख गरेको छ।

यसको अर्को महत्त्वपूर्ण पक्ष वितरण र आम्दानीको मोडल हो। परम्परागत फिल्मजस्तो ठूलो बजेट, हल र लामो रिलिज चक्रमा निर्भर हुनुपर्दैन। मोबाइल एपमै दर्शकसम्म पुग्ने र ‘क्लिफह्याङ्गर’मा एपिसोड अनलक गर्न शुल्क लिने मोडलले उत्पादन र आम्दानीबीचको दूरी छोट्याएको छ। चीनको माइक्रोड्रामा बजार २०२५ मा १०० अर्ब युआन अर्थात् करिब १५ अर्ब डलर नाघेको थियो। विदेशमा पनि विस्तार तीव्र छ, २०२५ को पहिलो आठ महिनामै चिनियाँ माइक्रोड्रामाको अन्तर्राष्ट्रिय आम्दानी १.५ अर्ब डलर पुगेको थियो।  

चीनले प्रविधिको भरपूर प्रयोग गरेर माइक्रोड्रामामात्र विश्वभर फैलाएको छैन, त्यहाँको संस्कृति, इतिहास र परम्परालाई पनि एउटा सांस्कृतिक उत्पादनका रुपमा विस्तार गराउन सघाएको छ। त्यसका लागि विश्वविद्यालय र फिल्म उद्योग सबैले काम गरिरहेका छन्।