BIZMANDU
www.bizmandu.com

भदौमा बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकरमा २ अर्ब १७ करोड रुपैयाँ संकलन

२०८३ असोज २

भदौमा बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकरमा २ अर्ब १७ करोड रुपैयाँ संकलन
भदौमा बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकरमा २ अर्ब १७ करोड रुपैयाँ संकलन


काठमाडौं। साउनमा सुस्ताएको घरजग्गा कारोबार भदौमा बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भदौमा देशभर ३७ हजार ४८७ लिखत पारित भएको जनाएको छ।

Vigo
GBIME
Tata

सेवा करबाट २८ करोड ६९ बढी संकलन गरेको सरकारले कुल कारोबारबाट ४ अर्ब ७२ करोड १० लाख ६० हजार ५३८ रुपैयाँ राजस्व संकलन गरेको छ। भदौमा पुँजीगत लाभकर २ अर्ब १७ करोड ४३ लाख संकलन भएको छ।

गत वर्ष २०८२/८३ को भदौमा २७ हजार ४९४ लिखत पारित हुँदा घरजग्गा कारोबारबाट ३ अर्ब १४ करोड रुपैयाँमात्रै राजस्व संकलन गरेको थियो। 

साउनमा भूमि प्रशासन कार्यालयहरूबाट ३३ हजार ९७८ लिखत पारित भएर ३ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

भदौमा सबैभन्दा धेरै घरजग्गाको कारोबार भूमि प्रशासन कार्यालय इनरुवा, सुनसरीबाट भएको छ। इनरुवामा १८५२ लिखत पारित हुँदा जनकपुरबाट १५००, बेलबारीबाट १३३४ भएको छ।

काठमाडौं उपत्यकामा भक्तपुरबाट १२८१, लगनखेलबाट ७६१ लिखत कलंकीबाट ६८१, चाबहिलबाट ४२१ लिखत पारित भएका छन्।

घरजग्गा किनबेच अझै बढ्ने  नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे बताउँछन्। ‘साउनमा धेरै ठाउँमा कित्ताकाटको समस्या थियो। अब धेरैजसो स्थानीय तहले वर्गीकरण सकाउँदैछ। बैंकले ऋणमा सहुलियत दिन थालेको छ भने सामाजिक सुरक्षा कोषको पनि घरजग्गामा लगानी आएको छ,’ उनले भने।

दसैंको मुख भदौमा कारोबार बढ्नुले असोजमा झनै बढ्ने घिमिरे बताउँछन्। ‘विदेसिएकाहरु दसैंमा स्वदेश फर्कन्छन्। घरजग्गामा लगानी गर्छन्। त्यसैले अझै बढ्ने हामीले आशा गरेका छौं,’ उनले भने।