BIZMANDU
www.bizmandu.com

इजरायल पठाइदिने भन्दै १५६ जनालाई ठगी, अढाई करोड ठगीको आरोपमा दुई जना पक्राउ

२०८३ असोज २

इजरायल पठाइदिने भन्दै १५६ जनालाई ठगी, अढाई करोड ठगीको आरोपमा दुई जना पक्राउ
इजरायल पठाइदिने भन्दै १५६ जनालाई ठगी, अढाई करोड ठगीको आरोपमा दुई जना पक्राउ

काठमाडौं। प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

Vigo
GBIME
Tata

नेपालबाट इजरायलमा कामदार लैजान सञ्चालित परीक्षामा सहभागी भई अनुत्तीर्ण भई लक्की ड्रमा नपरेका मध्ये १५६ जना व्यक्तीहरुसँग रकम असुल गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनापति १ रामेछापका भरत चौलागाई र कालिञ्चोक ८ दोलखाकी बालिका शिवाकोटी रहेका छन्।

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी प्रति व्यक्ति ६ लाख २० हजारका दरले रकम असुल गरेको आरोप प्रहरीले लगाएको छ।

पीडितहरुबाट कूल दुई करोड ५० लाख रुपियाँ ठगीको आरोप प्रहरीको छ। पक्राउ परेका दुई जनालाई नै प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी ठगी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।